Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन


नया सडक

२०८०, माघ १६ मंगलबार

  • 732
    Shares

  • उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

     

    काठमाडौँ । हृदयघातका कारण आज विहान उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन भएको छ । 

     

    बिहान साढे आठ बजेतिर हृदयघात भएपछि उहाँलाई उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पुर्‍याइएको थियो । उहाँको उपचारका क्रममा विहान १० बजेतिर निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

     

    उहाँका अनुसार न्यायाधीश मरासेनीकि छोरी पोखरामा हुनुभएको र उहाँ पोखराबाट काठमाडौँ आएपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।रासस

    प्रतिक्रिया दिनुहोस