Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

बैंकर्स संघ र काठमाडौं विश्वविद्यालयबीच आर्थिक तथा वित्तीय विषयहरूमा  संयुक्त अध्ययनसम्बन्धी सम्झौता


नया सडक

२०८०, माघ १६ मंगलबार

  • 741
    Shares

  • बैंकर्स संघ र काठमाडौं विश्वविद्यालयबीच आर्थिक तथा वित्तीय विषयहरूमा  संयुक्त अध्ययनसम्बन्धी सम्झौता

    काठमाडौं । नेपाल बैंकर्स संघ तथा काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच आर्थिक तथा वित्तीय विषयहरूमा  संयुक्त अध्ययनसम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष सुनिल के.सी. र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका तर्फबाट स्कुलका डिन प्रा. विजय के.सी. ले हस्ताक्षर गरेका हुन् ।

    सो सम्झौता अनुसार दुवै पक्षले अध्ययन र तथ्यांकमा आधारित अनुसन्धान मार्फत् नीतिगत सुधारका कामहरूलाई अगाडि बढाइ विभिन्न क्षेत्रमा सहकार्य गर्दै जाने लक्ष्य लिएका छन् ।
    विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक सिकाइलाई यस सम्झौताबाट थप सहयोग पुग्ने विश्वास गरिएको छ ।
    विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्न इंन्टर्नशिप अवसरको लागि पनि सहकार्य गरिने यसबाट अपेक्षा छ । विश्वविद्यालय र संघको ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरू आदानप्रदानले  समग्र वित्तीय क्षेत्रको विकासमा सहयोग गर्ने विश्वास छ ।

    बैंकहरु बीच आपसी समन्वय स्थापना गरी स्वस्थ प्रतिस्पर्धा विकास गर्न, बैंकसँग सम्बन्धित नीति तथा पद्धतिमा एकरुपता कायम गर्न, एउटा साझा संस्थाको रूपमा नेपाल बैंकर्स संघको स्थापना भएको हो । अर्कोतर्फ काठमाडौ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट देशमा उच्च गुणस्तरीय  शिक्षा प्रदान गर्दै, अध्ययन र अनुसन्धान मार्फत शैक्षिक उद्यमको वृद्धि र विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएको शैक्षिक प्राज्ञिक क्षेत्रको एक प्रतिष्ठित संस्था हो ।

     

    प्रतिक्रिया दिनुहोस