Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय


नया सडक

२०८०, माघ १६ मंगलबार

  • 1.0k
    Shares

  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

    पाकिस्तान । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पीटीआई)का नेता शाह महमूद कुरैशीलाई १० वर्षको जेल सजाय हुने भएको छ । मंगलबार रावलपिंडीको विशेष अदालतका न्यायाधीशले अदियाला जेलमा खानलाई साइफर मुद्दामा १० वर्षको कैदको फैसला सुनाएका हुन् ।


    न्यायाधीश अबुल हसनत जुल्करनैनले इमरान र कुरैशीको उपस्थितिमा नै यो फैसला सुनाएका हुन्। गत वर्षदेखि अदियाला कारागारमा मुद्दाको सुनुवाइ चलिरहेको थियो । सुनुवाइको क्रममा न्यायाधीश जुल्कारनैनले पीटीआई नेताहरूलाई आफ्ना वकिलहरू अदालतमा उपस्थित नभएको र उनीहरूलाई सरकारी वकिलहरू दिइएको बताए।

     

    प्रतिक्रिया दिनुहोस