काठमाडौं । प्रहरीले क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा इलामबाट एक युवकलाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले ताप्लेजुङबाट फर्किदै गरेका ३२ वर्षका डम्बबहादुर शाहलाई इलामबाट पक्राउ गरेको जनाएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले क्यास एपमार्फत उनले २ वर्षमा १ अर्ब ४९ करोडको कारोबार गरेको देखिएको जानकारी सार्वजनिक गरेका हुन् ।