Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

सन् २०२५ मा मानवअधिकारलाई अगाडि बढाउन संयुक्त राष्ट्रसङ्घलाई ५० करोड डलर आवश्यक

सन् २०२५ मा मानवअधिकारलाई अगाडि बढाउन संयुक्त राष्ट्रसङ्घलाई ५० करोड डलर आवश्यक

  •  

    जेनेभा । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले युद्धको ‘गहिरो घाउ’ ले क्षतिग्रस्त संसारमा मानवअधिकारलाई अगाडि बढाउन यस वर्ष आफ्नो कामका लागि ५० करोड अमेरिकी डलरको आवश्यकता रहेको बताएको छ । 

     

    “हामी अत्यन्त विभाजित समयमा बाँचिरहेका छौँ, विश्वका कयौँ भागमा, हालै मध्यपूर्वमा द्वन्द्व जारी छ”, राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख भोल्कर टर्कले जेनेभामा कूटनीतिज्ञहरूसँग भन्नुभयो, “यी युद्धहरूले गहिरो घाउ बनाइरहेका छन्, गुनासाहरू उत्पन्न भइरहेका छन् यसले न्यायबिना सम्पूर्ण मुलुकहरूको भविष्यलाई धेरै नै नोक्सान पुर्याउने छ, थप ध्रुवीकरण बढाउने छ र गहिरो विभाजन उत्पन्न गर्नेछ ।”

     

    मानवअधिकार उच्चायुक्त कार्यालय (ओएचसिएचआर) मा ९१ मुलुकमा एक हजार नौ सय ६२ कर्मचारी छन् । ओएचसिएचआरले गत वर्ष १३ हजार चार सय ७६ बन्दीको रिहाइ सुनिश्चित गर्न सहयोग गरेको, तीन हजार छ सय ६४ अनुगमन मिसन सञ्चालन गरेको र ४३ मुलुकमा कानून र नीतिहरूको सुधारमा योगदान गरेको बताएको छ । 

     

    टर्कले जीवन परिवर्तन गर्न र विश्वभर सामना गरिरहेका केही मानवअधिकार चुनौतीहरूलाई सम्बोधन गर्ने क्षमतालाई ‘पर्याप्तरूपमा बढाउन’ ओएचसिएचआरलाई ५० करोड डलरको आवश्यकता रहेको बताउनुभयो । 

     

    सदस्य मुलुकहरूले गत वर्ष ओएचसिएचआरमा स्वैच्छिक योगदानका रूपमा २८ करोड ३२ लाख डलर योगदान गरेका थिए । उक्त रकम ओएचसिएचआरले मानवअधिकारको विश्वव्यापी घोषणाको ७५औँ वार्षिकोत्सव मनाउनका लागि अनुरोध गरेको ४५ करोड २० लाखभन्दा धेरै कम हो । ओएचसिएचआरलाई सहयोग गर्ने शीर्ष दाताहरूमा युरोपेली सङ्घ (इयु), अमेरिका, स्विडेन, जर्मनी र नर्वे थिए । 

     

    “मानवअधिकार समाधान प्रदान गर्न हामीलाई अहिले पनि अधिक प्रभावकारी र व्यापक पहुँचका लागि आवश्यक कोषको एकदमै अभाव छ”, टर्कले भन्नुभयो । उहाँले मुलुकहरूका नागरिक र राजनीतिक अधिकारहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकाररू जस्तै समान महत्त्व दिँदै अधिकारहरूलाई शासनको केन्द्रमा राख्न आह्वान गर्नुभयो । उहाँले हाम्रो समाजलाई लामो समयदेखि परिभाषित गरेको ‘अन्याय र असमानताको चक्रको अन्त्य गर्न’ पनि मुलुकहरूलाई आग्रह गर्नुभयो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij