Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नेपाल राष्ट्र बैंकले तरलताको व्यवस्थापन गर्न  ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने


नया सडक

२०८०, माघ १७ बुधबार

  • 684
    Shares

  • नेपाल राष्ट्र बैंकले तरलताको व्यवस्थापन गर्न  ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बजारमा भएको अधिक तरलताको व्यवस्थापन गर्न आज बुधबार माघ १७ गते पनि ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्ने लागेको हो ।

    इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । मंगलबार मात्रै केन्द्रीय बैंकले बजारबाट २० अर्ब रुपैयाँ तानेको थियो । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस