Logo

May 20 2025 | २०८२, जेठ ६गते

May 20 2025 | २०८२, जेठ ६गते

images

भाटभटेनीले नक्कली भ्याट बिलमार्फत् कर छलेको सर्वोच्च अदालतको ठहर, २ अर्ब कर तिर्नुपर्ने

भाटभटेनीले नक्कली भ्याट बिलमार्फत् कर छलेको सर्वोच्च अदालतको ठहर, २ अर्ब कर तिर्नुपर्ने

  • काठमाडौं । भाटभटेनीले नक्कली भ्याट बिलमार्फत् कर छलेको सर्वोच्च अदालतले ठहर गरेको छ । अदालतले भाटभटेनी डिपार्टमेन्ट स्टोरले कर छलेको ठहर भएको हो । नक्कली भ्याट बिलमार्फत् कर छली गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोर दोषी ठहर भएको हो । सर्वोच्च अदालतको पूर्ण इजलासले मंगलबार भाटभटेनीलाई सफाइ दिन अस्वीकार गरेसँगै दोषी ठहर भएको हो ।

    न्यायाधीशहरू डा.कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको इजलासले यसअघि सर्वोच्च अदालतले गरेको फैसला सदर गरेको हो । यो फैसलापछि भाटभटेनीले कम्तीमा २ अर्ब रुपैयाँ हाराहारीको रकम बुझाउनुपर्ने देखिएको छ ।तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले २०७६ पुस २६ गते अन्तिम फैसला सुनाउँदै भाटभटेनीलाई दोषी ठहर गरेको थियो ।

    २०७८ असार १० गते भाटभटेनीको हकमा फैसला पुनरावलोकन हुने आदेश गरेको थियो। त्यही आदेशका कारण सर्वोच्च अदालतको संयुक्त इजलासले फैसला गरेको मुद्दा फेरि सुनुवाइ भएको हो। भाटभटेनीका संचालक मिनबहादुर गुरुङ हुन । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij