Logo

May 20 2025 | २०८२, जेठ ६गते

May 20 2025 | २०८२, जेठ ६गते

images

वैदेशिक रोजगारमा रहेकाहरुका लागि  निष्काशन गरिएको सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड

वैदेशिक रोजगारमा रहेकाहरुका लागि  निष्काशन गरिएको सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड

  • काठमाडौं । वैदेशिक रोजगारमा रहेकाहरुका लागि  निष्काशन गरिएको सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । सर्वोत्तम सिमेन्टले त्यसका लागि तोकेको बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार आईपीओ बाँडफाँड गरेको हो ।

    सर्वोत्तमले नेपालमा पहिलो पटक बुक बिल्डिङ विधिबाट जारी गरेको आइपीओ गोलाप्रथामार्फत ५ हजार ३४० जनाले ५० कित्ताका दरले सेयर पाएका छन् ।

    बुक विल्डिङ विधिमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था अनुसार  न्यूनतम ५० कित्ताका दरले नै सेयर बाँडफाँड गरिएको हो । वैदेशिक रोजगारमा गएका कुल ३३ हजार ८२४ जनाले आवेदन दिएकोमा १४ जनाको आवेदन भने रद्द भएको थियो ।

    सदर भएका ३३ हजार ८१० मध्ये गोलाप्रथामार्फत ५ हजार ३४० जनाले सेयर पाएका हुन् । कम्पनीले वैदेशिक रोजगारीमा रहेकालाई प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले २ लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij