Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

अवैध लागुऔषधसहित नागढुङ्गाबाट एकजना पक्राउ


नया सडक

२०८०, माघ १९ शुक्रबार

  • 708
    Shares

  • अवैध लागुऔषधसहित नागढुङ्गाबाट एकजना पक्राउ

    काठमाडौँ ।  अवैध लागुऔषधसहित प्रहरीले आज काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी जिल्ला घर भएका २६ वर्षीय इन्द्रजित पासवान रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार नियन्त्रित लागुऔषध बुप्रेनुर्फिन एक सय ४५ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड एक सय ४५ एम्पुल र डाइजेपाम एक सय ४५ एम्पुलसहित प्रहरी प्रभाग नागढुङगा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको टोलीले निजलाई आज पक्राउ गरेको हो ।

    बाप्र०३–००१ख २५४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई उक्त लागुऔषधसहित पक्राउ गरी सो विषयमा आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक ढकालले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस