Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सुनचाँदी व्यवसायी विश्वकर्मामाथि गोली प्रहार


नया सडक

२०८०, माघ २१ आइतबार

  • 963
    Shares

  • सुनचाँदी व्यवसायी विश्वकर्मामाथि गोली प्रहार

     

    नवलपरासी ।  बर्दघाट नगरपालिका-४ का सुनचाँदी व्यवसायी ६२ वर्षिय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ । 

     

    सुस्ता गाउँपालिका-१ बरुवमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका(१६ स्थित कुकुरमारा नजिकै हिजो साँझ ७ बजे आसपासमा अज्ञात समूहले विश्वकर्मामाथि एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो । 

     

    गोली लागेर घाइते हुनुभएका विश्वकर्माको अहिले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको उहाँको भनाइ छ ।  उहाँको पाखुरामा गोली लागेको छ ।

     

    गोली प्रहार गर्नेको खोजी जारी रहेको प्रहरीले जनाएको छ । घाइते विश्वकर्माको लु७८प ७४३५ नम्बरको स्कुटर घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा वडा नं १४ मा फेला परेको छ ।

    प्रतिक्रिया दिनुहोस