Logo

May 15 2024 | २०८१, जेठ २गते

images

सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका तामाङलाई   तीन वर्ष कैद र एक अर्ब ७२ करोड जरिवाना


नया सडक

२०८०, माघ २१ आइतबार

  • 594
    Shares

  • सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका तामाङलाई   तीन वर्ष कैद र एक अर्ब ७२ करोड जरिवाना

    काठमाडौं । पूर्वसांसद एवं सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई  सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर  गरिएको छ ।विशेष अदालतले माघ ७ गते सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका तामाङलाई आइतबार  तीन वर्ष कैद र एक अर्ब ७२ करोड जरिवानाको सजाय सुनाएको हो। उनले सवा तीन अर्ब रुपैयाँभन्दा धेरै सम्पत्ति शुद्धीकरण गरेको अदालतको ठहर छ।

    images

    इच्छाराजसँगै दोषी ठहर भएका उनकी श्रीमती सिर्जना शाक्य तामाङ र केशवलाल श्रेष्ठको पनि अदालतले सजाय तोकेको छ ।सिर्जना शाक्यलाई एक अर्ब तीन ३ करोड रुपैयाँभन्दा बढी जरिवाना र १ वर्ष ६ महिना कैद तथा श्रेष्ठको हकमा २५ करोड ६५ लाख रुपैयाँभन्दा बढी जरिवाना र १ वर्ष ६ महिना कैद हुने फैसला गरिएको छ ।

    इच्छाराज तामाङ, सिर्जना शाक्य तामाङ, केशवलाल श्रेष्ठ, मीना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्तिसमेत जफत गर्न विशेष अदालतले आदेश गरेको छ। इच्छाराजका छोरीहरू प्रतीक्षा र प्रतिष्ठाले अदालतबाट सफाइ पाइसकेका छन्।

     
     

    प्रतिक्रिया दिनुहोस