Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

मिर्मिरे लघुवित्तको  साधारण सभा फागुन १४ गते


नया सडक

२०८०, माघ २२ सोमबार

  • 738
    Shares

  • मिर्मिरे लघुवित्तको  साधारण सभा फागुन १४ गते

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल सारथी, धुलिखेल नगरपालिका वडा।७, धुलिखेल, क्राभेपलान्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

    त्यसका साथै, संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्ने सम्बन्धमा पनि छलफल हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न परेमा सोको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।

    प्रतिक्रिया दिनुहोस