Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नेसनल लाइफ इन्सुरेन्सको खुद नाफा १६.९१ प्रतिशतले बढ्यो


नया सडक

२०८०, माघ २३ मंगलबार

  • 654
    Shares

  • नेसनल लाइफ इन्सुरेन्सको खुद नाफा १६.९१ प्रतिशतले बढ्यो

    काठमाडौं । नेसनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो  त्रैमाससम्म २५ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १६.९१ प्रतिशतले धेरै हो ।लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो । कम्पनीले लगानी तथा कर्जाबाट २ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ ।लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो । कम्पनीले लगानी तथा कर्जाबाट २ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ ।हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार रुपैयाँ रहेको छ । यसको रिटेन अर्निङमा ६० करोड १८ लाख छ । यसको जीवन बिमा कोषमा ७१ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । पुससम्म यसले ८ अर्ब ३९ करोड रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ११.४५ प्रतिशतले धेरै हो ।

    प्रतिक्रिया दिनुहोस