Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

मिथिला लघुवित्तको खुद नाफा ३८.७३ प्रतिशतले घट्यो


नया सडक

२०८०, माघ २३ मंगलबार

  • 738
    Shares

  • मिथिला लघुवित्तको खुद नाफा ३८.७३ प्रतिशतले घट्यो

    काठमाडौं । मिथिला लघुवित्तको खुद नाफा ३८.७३ प्रतिशतले घटेर १ करोड ३३ लाख २४ हजार रुपैयाँमा सीमित भएको छ । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको र खराब कर्जा बढेकाले खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी २.५६ प्रतिशतले घटेर ५ करोड ५७ लाख ७८ हजार रुपैयाँमा आएको छ ।

    सञ्चालन नाफा ५७.२० प्रतिशतले घटेर १ करोड १२ लाख १६ हजार रुपैयाँमा सीमित भएको छ । खारब कर्जा १.१८ प्रतिशतले बढेर ४.४७ प्रतिशत पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी वार्षिक १३ रुपैयाँ ६० पैसा र प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ २२ पैसा छ ।

    प्रतिक्रिया दिनुहोस