Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

एमडीएमएसको खरिद अनियमितता छानबिनका लागि दूरसञ्चार प्राधिकरण पूर्व अध्यक्षहरूलाई बोलाउने तयारी  


नया सडक

२०८०, माघ २३ मंगलबार

  • 834
    Shares

  • एमडीएमएसको खरिद अनियमितता छानबिनका लागि दूरसञ्चार प्राधिकरण पूर्व अध्यक्षहरूलाई बोलाउने तयारी  

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  नेपाल दूरसञ्चार प्राधिकरणद्वारा खरिद गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को अनियमिततामाथि छानबिनका लागि पूर्व अध्यक्षहरूलाई बोलाउने तयारी गरिरहेको छ  । 

    मन्त्रालयका सहसचिव गौरव गिरी नेतृत्वको चार सदस्यीय छानबिन समितिले एमडीएमएस खरिद प्रक्रियाको प्रस्थानविन्दुबाटै अनियमितता सुरु भएको भेटिएको निष्कर्ष निकालेकोले  पूर्वअध्यक्ष दिगम्बर झा र निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाललाई बोलाउने अख्तियारले योजना बनाएको  ।

    हालसम्म  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रक्रियामा संलग्न करिब एक दर्जनमाथि बयान लिइसकेको  छ ।  

    स्रोतका अनुसार हालसम्म अख्तियारले एक दर्जन कर्मचारीको बयान लिइसकेकोहरूमा प्राधिकरणको पूर्वाधार महाशाखाका निर्देशक डा. सुरेन्द्रलाल हाडा, अनुगमन महाशाखाका निर्देशक विजयकुमार राय, स्तरीकरण महाशाखाका निर्देशक मीनप्रसाद अर्याललगायत छन् । 


    त्यसैगरी  आर्थिक प्रशासन शाखाका उपनिर्देशक सुरेश बस्नेत, फ्रिक्वेन्सी, सेवा गुणस्तर तथा सेवा प्रवाह अनुगमन शाखाका उपनिर्देशक अच्युतानन्द मिश्र र पूर्वाधार विकास शाखाका उपनिर्देशक दिनेश मैनाली र सहायक निर्देशक कैलाश कार्कीलगायतसँग पनि अख्तियारले बयान लिएकोर अब  छानबिनका क्रममा अख्तियारले प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा र निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालसँग पनि बयान लिने तयारी गरेको छ ।  यस विषयमा उजुरी परेपछि अख्तियारले पनि छानबिन अघि बढाएको हो । 

    प्रतिक्रिया दिनुहोस