Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न अध्यक्ष दाहालको निर्देशन


नया सडक

२०८०, माघ २३ मंगलबार

  • 627
    Shares

  • कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न अध्यक्ष दाहालको निर्देशन
     
    काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । 
     
    सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा उहाँले पार्टीका सबै सांसदले आफ्नो भूमिकालाई निखारेर लैजानुपर्ने बताउनुभएको थियो । 
     
    चालु अधिवेशनमा महत्वपूर्ण कानुन संसद्मा पेस गर्ने सरकारले तयारी गरेको जानकारी दिँदै अध्यक्ष दाहालले कानुन निर्माणमा सक्रिय भूमिका खेल्न सांसदहरुलाई आग्रह गर्नुभएको माओवादी केन्द्रका सचेतक रुपा सोशी चौधरीले जानकारी दिनुभयो । 
     
    बैठकमा संसदीय मैत्री समूह गठन, आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माण, १६औँ आवधिक योजना, संसद्को कार्यतालिका, संसद् र समितिका बैठकबारे पनि छलफल भएको थियो । रासस

    प्रतिक्रिया दिनुहोस