Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर १० सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू..


नया सडक

२०८१, मंसिर १० सोमबार

  • 45
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर १० सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू..

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर १० सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेको हो ।

     

    श्रेष्ठ यसअघि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य थिए । व्यावसायिक पृष्ठभूमिका श्रेष्ठलाई सरकारले करिब एक वर्षदेखि रिक्त रहेको धितोपत्र बोर्ड हाँक्ने जिम्मेवारी दिएको हो ।

    एनएलजी इन्स्योरेन्सको ९६ लाख ३१ हजार कित्ता हकप्रद शेयर मंगलवारदेखि विक्री खुला

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको भोलि मंगलवार अर्थात मंसिर ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्कासन तथा विक्री खुला हुने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 
    उक्त हकप्रद शेयरमा कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरूले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन । 

     

    हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई समयमा वित्तीय दायित्व वहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ ।

    आज साँझ ५ बजे  मन्त्रिपरिषद् बैठक बस्दै , धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न सक्ने

    काठमाडौँ सिंहदरबारमा साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको सचिवालयले जानकारी दिएको छ।
    मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे छलफल हुनेछ। 

     

    प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जान लागेका छन्। मंसिर १८ गते प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन्।

    शेयर बजार : नेप्से परिसूचकमा १५.८३ अंकले बढेर २६८३.२४ बिन्दुमा, ६ अर्ब ३४ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।आज नेप्से परिसूचकमा १५.८३ अंकले बढेर २६८३.२४ बिन्दुमा आएको छ ।आज  ६ अर्ब ३४ करोडको सेयर कारोबार भएको छ । कारोबार रकम भने औसतमा न्यून हो । यस दिन २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । उत्पादनमूलक र म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् ।

     

    यस दिन ३०९ कम्पनीको १ करोड २२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ ।

    बीबी माइनसको ग्रेड प्राप्ति नेपालका लागि सञ्जिवनी बुटी बन्नेः सिबिफिन

    काठमाडौं ।  अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच रेटिङ’द्वारा गरिएको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) मा नेपालले ‘बीबी माइनस’ रेटिङसहितको सन्तोषजनक नतिजा प्राप्त गरेकोमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन०ले अत्यन्तै गर्वित एवं उत्साहित भएको बताएको छ ।

     

    एक विज्ञप्ति जारी गर्दै सिबिफिनले लेखेको छ,'दक्षिण एशियाका अन्य मुलुकहरुमध्ये छिमेकी मित्रराष्ट्र भारतभन्दा पछिको दोस्रो उच्च सार्वभौम साख मूल्याङ्कनको प्राप्तिले नेपालको साख र विश्वसनीयता बढाएको मात्र छैन, यसले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल सुरक्षित, विश्वसनीय र भरपर्दो स्थान भएको प्रमाणित समेत गरेको छ ।'

    सामलिङ्ग पावरको  साधारण सभा पुस २ गते

    काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले पुस २ गते छैठौं वार्षिक साधारण सभा गर्ने भएको छ । मंसिर ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले द इन्ट्रान्स क्याफे, ललितपुरमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

     

    सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्ग्याउनेछ । कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् ।

    ङादी ग्रुप पावर लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न

    काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ ।

    मंसिर ९ गते कम्पनीलाई नेपाल धितोपत्र बोर्ड ९सेवोन० ले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै कम्पनीले मंसिर १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । बुक क्लोजको आधारमा मंसिर १७ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् । हकप्रद शेयर निष्कासनको मिति भने कम्पनीले तय गर्न बाँकी छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३३ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने

    काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३३ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । कार्यालयले  २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार ९मंसिर ११ गते० जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार मंसिर १० गते दिउँसो २ बजे उक्त ट्रेजरी बोलकबोल हुनेछ । 

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी पुस ९ गते परिपक्व हुनेछ । ९१ दिनको लागि १० अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी फागुन १३ गते परिपक्व हुनेछ ।

    गर्डियन माइक्रोलाइफ इन्स्योरन्सलाई आईपीओ निष्काशन गर्न अनुमति दिइयो

    काठमाडौँ ।  गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सलाई  आइपीओ निष्कासनको स्वीकृति दिइएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शुक्रबार  गार्डियनलाई आइपीओ निष्कासनको अनुमति दिएको हो।इन्स्योरेन्सले चुक्ता पुँजीको ३० प्रतिशत २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता बराबरको आइपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा आइपीओ बिक्री गर्न लागेको हो।

     

    नेपाल बीमा प्राधिकरणले २०७९ मा सात वटा लघुबीमा कम्पनीलाई लाइसेन्स दिएकामा कम्पनीहरुले गत वर्षदेखि व्यवसाय गरिरहेका छन्। प्राधिकरणले कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकेको छ।गार्डियनको शेयर बिक्री प्रबन्धकमा कुमारी क्यापिटल छ। इन्स्योरेन्सले आइपीओ निष्कासनको माग गर्दै गत साउनमा आवेदन दिएकामा सेबोनले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढेपछि स्वीकृति दिएको हो।

    विदेशी मुद्रासहित ३ जना भारतीय नागरिक नियन्त्रणमा

    काठमाडौँ । प्रहरीले स्रोत नखुलेको विदेशी मुद्रासहित ३ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।आइतबार राति जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१ प्रहरी चौकी टोलस्थित चेकपोइन्ट अगाडि हेटौंडा–भैसे सडक खण्डबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

     

    काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ०७६५ नम्बरको यात्रुवाहक माइक्रोबसमा सवार ३ जनालाई नियन्त्रणमा लिएर जाँच गर्दा विदेशी मुद्रा भेटिएको प्रहर हो ।

    सरकारले भन्सार दर घटाउँदा तोलामा करिब १६ हजारले सुनको मूल्य घट्यो

    काठमाडौँ । सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामा करिब १६ हजारले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । यो अघिल्लो दिनको तुलनामा १५ हजार ९ सय रुपैयाँले घटी हो ।

     

    अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सोअनुसार सोमबारदेखि मूल्य समायोजन गरिएको  महासंघले जनाएको हो ।सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सो दरको प्रभाव सोमबार नै परेको हो ।

    अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही

    काठमाडौँ । अपुष्ट र भ्रमपूर्ण सामग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युब च्यानलसहितका सामाजिक सञ्जाल प्रयोगकर्तालाई आज कारबाही गरेको छ ।

     

    तीमध्ये अधिकांश दर्तारसूचीकरण नगरी सञ्चालित छन् । मिडियाअन्तर्गत दर्ता÷सूचीकरण नभई सञ्चालित सामाजिक सञ्जाल प्रयोगकर्तालाई काउन्सिलले अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी ९साइबर ब्युरो० मा पत्राचार गरेको छ ।

     

    काउन्सिलले पछिल्लो समयमा कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरिरहेको छ ।

    नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन

    काठमाडौँ ।प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सङ्गठनको बृहत्तर हितका लागि नवीनतम् र रचनात्मक कार्य गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौताको पहिलो त्रैमासिक कार्यप्रगति समीक्षा कार्यक्रममा उहाँले शान्ति सुरक्षा, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र विपद् व्यवस्थापनलगायत कार्यमा क्रियाशील हुन निर्देशन दिनुभयो ।
     
    थाँती रहेका मुद्दा फछ्र्यौट एवम् विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनतर्फ थप सक्रियाता अपनाउन आग्रह गर्दै महानिरीक्षक कुँवरले तस्करी नियन्त्रणमा समेत विशेष ध्यान पुर्‍याउन निर्देशन दिनुभयो । नेपाल प्रहरीको आन्तरिक सुदृढीकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको प्रहरी कार्ययोजनामा आधारित रहेर चालु आर्थिक वर्षमा गरिएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको हालसम्मको अवस्था सन्तोषजनक रहेको बताउनुभयो ।

    सिन्धुपाल्चोकको सुकुटेमा माघ १ गते देखि हुने ७ औँ राष्ट्रिय महिला तथा ८ औँ महिला भलिबल प्रतियोगितासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर

    काठमाडौँ ।आगामी माघ १ गतेदेखि सिन्धुपाल्चोकको सुकुटे बजारमा  हुने ७ औँ राष्ट्रिय महिला तथा ८ औँ पुरुष  भलिबल प्रतियोगिताबारे पालना गर्नुपर्ने शर्तहरू सम्बन्धी सम्झौता भएको छ ।मिति २०८१ आश्विन १३ गतेको नेपाल भलिबल संघको निर्णयानुसार मिति २०८१ माघ १ गते देखि ५ गते सम्म नेपाल भलिबल संघको संयोजन, सिन्धुपाल्चोक जिल्ला भलिबल संघ तथा सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको संयुक्त आयोजना र व्यवस्थापनमा ७ औँ राष्ट्रिय महिला तथा ८ औँ पुरुष बीच भलिबल प्रतियोगिता बारे मंसिर १० गते शर्तहरूबारे सम्झौता गरिएको हो ।

     

     त्यसको जानकारी नेपाल पर्यटन बोर्डमा एक पत्रकार सम्मेलनको आयोजना गरी जनाइएको छ । जारी विज्ञप्ति अनुसार सिन्धुपाल्चोक जिल्लाको सुकुटे बजारमा आयोजना गर्न विभिन्न शर्तहरु पालना गर्ने गरी संघको तर्फबाट महासचिव  रोशन श्रेष्ठ र जिल्ला भलिबल संघ सिन्धुपाल्चोकको अध्यक्ष  रमेश कुमार खड्का एवं सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको तर्फबाट अध्यक्ष महेन्द्र सिंह थापाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणका क्रममा ऋणसम्बन्धी कुनै सम्झौता नहुने बताउनुभएको छ ।

     

    आसन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्वप्रधानमन्त्रीहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ ९बिआरआई० ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट गर्नुभयो ।

     

    “हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन ।

    १२ हजार केजी  कपडाको गलत वर्गीकरण गरेर छाड्दा वीरगञ्ज भन्सारमा भूकम्प, भन्सार विभागमा धक्का, राजस्व अनुसन्धान विभागमा अनुसन्धान , अब के हुन्छ ?

    वीरगञ्ज/काठमाडौँ । १२ हजार १सय केजी कपडाको गलत वर्गीकरण गरेर न्यून भन्सार जाँचपास गरेर छुटाउँदा  वीरगञ्ज भन्सार कार्यालयमा भूकम्प गएको छ ।कार्तिकको दोस्रो हप्ता छिमेकी मुलुक चाइनाबाट आएको कपडाको गलत वर्गीकरण गरेर छुटाउँदा भन्सार विभागसम्म त्यसको पराकम्पन गएको हो ।चाइनाबाट आएको पोलार कपडालाई भेलभेट कपडा भनेर मूल्यांकन  गरी पास गराएपछि उक्त मुद्दा अहिले राजस्व अनुसन्धान विभागमा अनुसन्धानको प्रक्रियामा छ ।  वीरगञ्ज भन्सार कार्यालयले अन्नपूर्ण ट्रेड लिंकको नाममा आएको पोलार कपडालाई भेलभेट कपडाको मूल्यांकन गरेर छाड्दा विवाद सतहमा आएको हो । भन्सारको मूल्यांकनमा पोलार कपडा किलोमा छुटाउने गरिएको छ । तर वीरगञ्ज भन्सार कार्यालयले पोलार कपडालाई भेलभेट कपडा भनी मिटरमा छोडेको हो । 

     

    पोलार कपडाको भन्सार मूल्यांकन प्रतिकेजी कम्तीमा २.५ अमेरिकी डलर छ ।

    नेपाल राष्ट्र बैंकद्वारा निर्देशन विपरीत जानेलाई कारबाही स्वरूप दुई लघुवित्तलाई जरिवाना अन्यलाई नसिहत

    काठमाडौँ  । नेपाल राष्ट्र बैंकले गत वर्ष विभिन्न २ वटा लघुवित्त वित्तीय संस्थालाई कारबाही स्वरूपमा जरिवाना तिराएको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा न्यूनतम अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने व्यवस्थाको पालना नगरेका २ वटा लघुवित्त संस्थालाई कारबाही स्वरूप हर्जाना लगाइएको राष्ट्र बैंकले जनाएको छ । तर केन्द्रीय बैंक  नेपाल राष्ट्र बैंकले ती लघुवित्तहरूको नाम खुलाएको छैन् ।

     

    गत वर्ष राष्ट्र बैंकले ४० वटा लघुवित्तको स्थलगत निरीक्षण गरेको थियो । त्यस क्रममा  ३ वटा लघुवित्तको विशेष स्थलगत निरीक्षण गरेको थियो । राष्ट्र बैंकबाट पुनरकर्जा, व्यवसायिक कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिता अध्ययन गर्न नियुक्त भएको परामर्शदाताले पेश गरेको प्रतिवेदनका आधारमा २ वटा लघुवित्तलाई कारबाही तथा निर्देशन दिइएको छ ।

    कान्तिपुर फर्मास्युटिकल्स ल्याबले आइपीओ निष्कासन गर्ने

    काठमाडौं। कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आइपीओ प्रस्तावसहित पुस १ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल सारथी, धुलिखेल, काभ्रेमा दिउँसो साढे २ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ प्रस्ताव पेश गर्नेछ । 

     

     

    प्रतिक्रिया दिनुहोस