Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

६ महिनामा भित्रियो ७ खर्ब ३३ अर्ब रेमिटेन्स


नया सडक

२०८०, माघ २३ मंगलबार

  • 702
    Shares

  • ६ महिनामा भित्रियो ७ खर्ब ३३ अर्ब रेमिटेन्स

    काठमाडौं । चालु आर्थिक वर्षको पुस महिनासम्ममा विप्रेषण आप्रवाह (रेमिटेन्स) २५.३ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३० प्रतिशतले बढेको थियो । यता, अमेरिकी डलरमा विप्रेषण आप्रवाह पनि २२.६० प्रतिशतले बढेर ५ अर्ब ५२ करोड पुगेको छ ।

    अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।  यसअवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० जना रहेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ३५ हजार ४३५ जना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस