Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

युनाइटेड इदी मर्दीको खुद नाफा २ करोड २० लाख


नया सडक

२०८०, माघ २४ बुधबार

  • 669
    Shares

  • युनाइटेड इदी मर्दीको खुद नाफा २ करोड २० लाख

    काठमाडौं ।  युनाइटेड इदी मर्दी एन्ड आर.बि हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड २० लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २०.१९ प्रतिशतले कम हो । 
    वित्तीय खर्च ५ करोड २८ लाखबाट घटेर ५ करोड ९ लाख रुपैयाँ कायम भएको छ । युनाइटेडको चुक्ता पुँजी ४२ करोड रुपैयाँ रहेको छ। कम्पनीको  जगेडा कोषमा ४ करोड ७२ लाख रुपैयाँ जम्मा रहेको छ । दीर्घकालिन कर्जा ९१ करोड ७३ लाख रहेको छ । यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५० पैसा देखिएको छ । प्रतिसेयर नेटवर्थ भने १११ रुपैयाँ २५ पैसा छ ।

    प्रतिक्रिया दिनुहोस