काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ५।३३ प्रतिशतले कम हो । खुद ब्याज आम्दानी ५ करोड ६ लाखबाट बढेर ५ करोड २५ लाख रुपैयाँ पुगेको छ । १ करोड ९० लाख रुपैयाँ इम्पेयमेन्ट चार्ज रिभर्स भएको छ । यसको सञ्चालन नाफा ५.३३ प्रतिशतले घटेर १ करोड ५३ लाख रुपैयाँमा झरेको छ । यता, सञ्चालन आम्दानी भने २७।३९ प्रतिशतले घटेको छ । जसका कारण नाफामा पनि असर परेको हो । गणपति लघुवित्तको चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा ६ करोड ८७ लाख रुपैयाँ जम्मा रहेको छ । यसअवधिसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १८ पैसा देखिएको छ ।