Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

कालंगा हाइड्रो लिमिटेडको साधारण सेयर प्रत्याभूतिकर्तामा ज्योति र लक्ष्मी सनराइज क्यापिटल


नया सडक

२०८०, माघ २४ बुधबार

  • 687
    Shares

  • कालंगा हाइड्रो लिमिटेडको साधारण सेयर प्रत्याभूतिकर्तामा ज्योति र लक्ष्मी सनराइज क्यापिटल

    काठमाडौं ।  कालंगा हाईड्रो लिमिटेडले सर्वसाधारणका लागि जारी गर्न लागेको आइपीओ (प्राथमिक सेयर ) मा ज्योति क्यापिटल र लक्ष्मी सनराइज क्यापिटलले प्रत्याभूत गर्ने भएका छन् । कालंगाको ललितपुर स्थित रजिष्र्टड कार्यालयमा प्रत्याभुति कार्यको लागि सञ्चालक तिर्थराज चटौत तथा प्रत्याभुतिकर्ताहरु ज्योति क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास ढकाल र लक्ष्मी सनराइज क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    बझाङ स्थित १५.३३ मेगावाट क्षमताको आयोजना रहेको कालंगा हाइड्रोले हाल कायम जारी पुँजी १ अर्ब ४० करोड मध्ये सर्वसाधारणहरुको लागि ३५ प्रतिशत अर्थात प्रतिसेयर १०० रुपैयाँ अंकित दरले हुने ४९ करोड बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । उक्त सेयरमध्ये ३४ करोड ९० लाख कित्ता ज्योति क्यापिटलबाट तथा १४ करोड १० लाख कित्ता लक्ष्मी सनराइज क्यापिटलबाट सेयर प्रत्याभुति हुने भएको छ ।

    प्रतिक्रिया दिनुहोस