Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

विकास ऋणपत्र मार्फत ७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार


नया सडक

२०८०, माघ २४ बुधबार

  • 630
    Shares

  • विकास ऋणपत्र मार्फत ७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

    काठमाडौं । नेपाल सरकारले विकास ऋणपत्र मार्फत ७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋण उठाउनको लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्न लागेको हो । केन्द्रीय बैंकले ७ अर्ब रुपैयाँको ८ वर्ष अवधि भएको विकास ऋणपत्र २०८८ ‘ज’ जारी गर्न लागेको हो । यस ऋणपत्रका लागि बिहीबार माघ २५ गते दिउँसो ३ बजे बोलकबोल हुने भएको छ । यसको निष्कासन मिति भने माघ २६ गते तोकिएको छ । ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ । यसको साँवा भुक्तानी २०८८ साल माघ २६ गते हुनेछ । इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने सूचनामा उल्लेख  गरिएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः ८५% र १५%छुट्याइएको छ । बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस