Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सीवाइसी नेपाल लघुवित्तको नाफामा ११.६० प्रतिशतले घट्यो


नया सडक

२०८०, माघ २५ बिहीबार

  • 627
    Shares

  • सीवाइसी नेपाल लघुवित्तको नाफामा ११.६० प्रतिशतले घट्यो

    काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सीवाइसी नेपाल लघुवित्तको खुद नाफा ११.६० प्रतिशतले घटेर २ करोड १० लाख रुपैयाँमा झरेको छ । यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८.५५ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा २६.९७ प्रतिशतले घटेको छ ।

    गत वर्ष १२ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीको अहिले बढेर १३ करोड १८ लाख रुपैयाँ भएको छ । यस्तै, गत वर्ष यस लघुवित्तले ३ करोड ४२ लाख रुपैयाँ सञ्चालन नाफा कमाएकोमा यस वर्ष घटेर २ करोड ४९ लाख रुपैयाँमा झरेको छ । चुक्ता पुँजी २६ करोड ६४ लाख २४ हजार रुपैयाँ रहेको यसको रिटेन्ड अर्निङ र रिजर्भ कोषमा भने ३० करोड ४५ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म आइपुग्दा यसको खराब कर्जा ४.६२५ प्रतिशतबाट बढेर ४.७७ प्रतिशत पुगेको छ ।
     

    प्रतिक्रिया दिनुहोस