Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

भारतको पर्यटन मेलामा नेपालको सहभागिता


नया सडक

२०८०, माघ २५ बिहीबार

  • 696
    Shares

  • भारतको पर्यटन मेलामा नेपालको सहभागिता

    काठमाडौँ ।  भारतको मुम्बईमा आजदेखि हुन लागेको आउटबाउण्ड ट्राभल मार्ट ९ओटिएम०  मेलामा नेपालले सहभागीता जनाएको छ ।यसअघि नेपाल पर्यटन वोर्डले सहभागीता जनाउँदै आएको उक्त पर्यटन मेलामा यसवर्ष भने ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल ९टान०ले भाग लिएको हो ।  उक्त तीनदिने मेलामा टानमा आबद्ध टानसहित २५ व्यवसायी कम्पनीले सहभागिता जनाएको टानका महासचिव विनोद सापकोटाले जानकारी दिनुभयो । 

    नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले ओटिएममा टानले सहभागिता जनाएको महासचिव सापकोटाले राससलाई बताउनुभयो । महासचिव सापकोटाले आगामी फागुन १० देखि १२ सम्म भारतमा हुन लागेको दक्षिण एशियाको ट्राभल एण्ड टुरिजम एक्सचेन्ज ९साट्टे०मा पनि टानले सहभागिता जनाउन लागेको बताउनुभयो । नेपालको पर्यटन क्षेत्रमा ४५ वर्ष अनवरत क्रियाशील टानमा हाल दुई हजारभन्दा बढी व्यवसायी आबद्ध छन् । 

    प्रतिक्रिया दिनुहोस