काठमाडौं । इस्टर्न हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ७२.५३ प्रतिशतले धेरै हो ।विद्युत बिक्रीबाट हुने आम्दानी ७ करोड ९४ लाखबाट घटेर ७ करोड ५९ हजार रुपैयाँ कायम भएको छ । वित्तीय खर्च ३ करोड १ लाखबाट घटेर २ करोड ७२ लाख रुपैयाँ कायम भएको छ । कुल खर्च ३ करोड ३२ लाखबाट घटेर २ करोड ६७ लाख रुपैयाँमा झरेको छ । वित्तीय खर्च घट्दा नाफा बढेको हो । इस्टर्नको चुक्ता पुँजी ६२ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोष १४ करोड ९० लाख रुपैयाँले ऋणात्मक छ ।