Logo

Apr 29 2024 | २०८१, वैशाख १७गते

images

अर्बौ कर छली भएको आशंकामा दुई हजार जति फर्मको अनुसन्धान


नया सडक

२०८०, माघ २६ शुक्रबार

  • 19.2k
    Shares

  • अर्बौ कर छली भएको आशंकामा  दुई हजार जति फर्मको अनुसन्धान

    काठमाडौं । करिब १० अर्ब रुपैयाँ कर छलीको आंशकामा दुई हजार फर्ममाथि आन्तरिक राजस्व विभागले छानबिन अघि बढाएको छ । झुटा तथा नक्कली बिलबिजक प्रयोग गरी मूल्य अभिवृद्धि कर छलेको देखिएपछि करदाताको अभिलेख तयार पारेर अनुसन्धान अगाडि बढाइएको हो । 

    images

    विभिन्न प्रकारका साना–ठूला कम्पनीको ‘मूल्य अभिवृद्धि करतर्फ देखाएको खरिद र सो कर बिजकबाट लिएको करकट्टी’सम्बन्धी अनुसन्धानमा  बिल नक्कली भएको देखिएको हो । यसरी नक्कली बिल जारी तथा खरिद गर्ने गरी कर छली गरिएको आन्तरिक राजस्व विभागको प्रारम्भिक अनुसन्धानमा   देखिएको जनाइएको छ ।

     एक हजार नौ सय ८६ वटा फर्मको कारोबार शंकास्पद देखेपछि प्रारम्भिक अनुसन्धान गर्दा कैफियत भेटिएका कारण विभागको निर्देशनअनुसार   कार्यालयहरुले अनुसन्धान गरिरहेका छन् । ती फर्मको नौ अर्ब ८३ करोड रकमको कारोबारमाथि अनुसन्धान भइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस