Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति


नया सडक

२०८०, माघ २६ शुक्रबार

  • 471
    Shares

  • कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति

    विराटनगर । शुक्रबार  कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति भएको छ । पहिचान पक्षधरसँगको वार्ता सकारात्मक रूपमा अघि बढेको वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले बताए ।

    images

    प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढंगले प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण बनाउन संयुक्तरूपमा पहल गर्ने सहमति समेत भएको छ ।akoshi.jpg

    पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार, आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा प्रदेश सरकारले फिर्ता लिने र फाल्गुन १० गते अगावै दुबै पक्षको सहमतिमा पुनः वार्ताका लागि मिति तोक्ने सहमति भएको मन्त्री जबेगुले बताए । 

    प्रतिक्रिया दिनुहोस