Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

३ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?


नया सडक

२०८०, माघ २६ शुक्रबार

  • 783
    Shares

  • ३ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

    काठमाडौँ  । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन डिष्टिलरी, स्वावलम्बन लघुवित्त र सांग्रिल डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । हिमालयन डिष्टिलरीको २४ लाख २९ हजार ५६६.६५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
    स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १५ लाख ९५ हजार ४५ कित्ता बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । यस संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई १२.३६ प्रतिशत लाभांश वितरण गरेको थियो । 
    सांग्रिल डेभलपमेन्ट बैंक लिमिटेडको १६ लाख ३३ हजार ७९५.८६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यस बैंकले सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस