Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

अगामी चुनावमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने विषयमा छलफल


नया सडक

२०८०, माघ २६ शुक्रबार

  • 891
    Shares

  • अगामी चुनावमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने विषयमा छलफल

    काठमाडौँ । निर्वाचन आयोगले अगामी चुनावमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने विषयमा छलफल गरेको छ । आयोगले शुक्रवार बोलाएको सर्वदलीय बैठकमा  विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा कार्यविधिबारे छलफल गरेको हो । 

    २०८४ मा हुने निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने गरी त्यसको तयारी तीव्र रुपमा अगाडि बढेको जानकारी आयोगले गराएको बैठकमा सहभागी भएकाहरूले बताए ।

    त्यसका लागि विदेशमा रहेका तर डीभी, पीआर नलिएका र नेपाली नागरिकता त्याग नगरेका नेपालीको मात्र मतदाता नामावलीमा नाम समावेश हुने बताइएको छ । नेपालको संविधानले विदेशी नागरिकता वा स्थायी बसोबासको अनुमतिपत्र लिएका गैरआवासीय नेपालीहरूलाई सामाजिक र सांस्कृतिक अधिकार मात्रै दिने व्यवस्था रहेको छ ।

    प्रतिक्रिया दिनुहोस