Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पक्राउ


नया सडक

२०८०, माघ २६ शुक्रबार

  • 762
    Shares

  • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पक्राउ

     

    काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै रु पाँच लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

     

    पक्राउपर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१४ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ शान्तिनगर बस्ने धीरज पटेल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

     

    उहाँले भन्नुभयो, “पक्राउ परेका पटेलले विवेक यादवलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै पीडितबाट पटकपटक गरी रु पाँच लाख लिइ सम्पर्कविहीन भएपछि खोजी गर्ने क्रममा बिहीबार बबरमहलबाट पक्राउ गरी आज सार्वजनिक गरेका हौँ ।” 

     

    पक्राउ परेका पटेलमाथि थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । रासस

     

    प्रतिक्रिया दिनुहोस