Logo

May 15 2024 | २०८१, जेठ २गते

images

करोडौंको हिनामिना गरी प्रभु बैंकका कर्मचारी फरार


नया सडक

२०८०, माघ २८ आइतबार

  • 1.1k
    Shares

  • करोडौंको हिनामिना गरी प्रभु बैंकका कर्मचारी फरार

    काठमाडौं ।  रुकुमपश्चिमको आठविसकोट नगरपालिकाको केन्द्र राडी बजारस्थित प्रभु बैङ्कका एक कर्मचारीले ग्राहकको रकम हिनामिना गरी फरार भएका छन् ।  

    images

    बैङ्कको अप्रेसन इन्चार्ज पदमा कार्यरत नीराजन शाहले बचतकर्ताको करोडौँ रुपियाँ हिनामिना गरेको गुनासोपछि बैङ्कले आन्तरिक छानबिन समेत सुरु गरेको जानकारी सार्वजनिक गरेका हुन् ।

     झुठ्ठा विवरण र खातावालाको जानकारीबिनै बैङ्कमा जम्मा गरेको रकम खातामा नभएपछि सो रहस्य यो खुलेपछि बैंकले छानबिन सुरु ग¥यो  । 

    अहिले आठविसकोट शाखामा छानबिनको लागि प्रभु बैङ्कको कर्णाली प्रदेशबाट एक टोली आइपुगेको छ । टोलीले आन्तरिक छानबिन गरिरहेको छ भने उक्त शाखामा कार्यरत सबै कर्मचारीलाई कारबाहीको प्रक्रिया सुरुभएको बैङ्क व्यवस्थापनले जनाएको छ ।

    सो शाखामा कार्यरत नौ जना कर्मचारीलाई जिम्मेवारीविहीन बनाएर पाँच जना नयाँ कर्मचारीको टोली खटाएको शाखा प्रबन्धक डम्बर गौतमले जानकारी दिए ।

     तोकिएको जिम्मेवारीको दुरुपयोग गरेर एक करोड बढी रकम हिनामिना गरेको हुनसक्ने देखिएको छ । 

    कति बचतकर्ताको कति रकम दुरुपयोग भयो भन्ने विषय सम्पूर्ण छानबिनपछि मात्र खुल्ने छ । प्रबन्धक गौतमका अनुसार आफू बिदामा बसेको बेला शाहले आफ्नै आइडीबाट विभिन्न व्यक्तिको खाताको रकम ट्रान्सफर गरेको र यसअघि विभिन्न व्यक्तिहरूको रकम खातामा जम्मा गरिदिन्छु भन्दै जम्मा नगरिदिएको देखिन्छ । 

    विश्वासको आधारमा चेक दिएका र खातामा पैसा जम्मा गर्न भनी पैसा दिएका नजिकका आफन्तहरू पनि अहिले बैङ्कको कर्मचारीबाट ठगिएको भन्दै गुनासो गर्नेगरेका छन् । 

    पीडितहरूले दिएको जानकारीअनुसार शाहले आठविसकोट नगरपालिका १३ का शङ्कर पुनको खाताबाट १० लाख, वडा नम्बर ११ का नरेन्द्र बस्नेतको खाताबाट आठ लाख रुपियाँ अन्यत्रै ट्रान्सफर गरेको पाइएको छ । यसका साथै वडा १० का एक जनप्रतिनिधिले आफ्नो छोरीले जम्मा गरिदिनु भनेर दिएको नौ लाख रुपियाँ इन्चार्ज शाहले जम्मा नगरेर हिनामिना गरेको भेटिएको छ । 

    रकम निकालेको आरोप लागेका कर्मचारी शाह अहिले बैङ्कको सम्पर्कमा नरहेको बताइन्छ । शाहले उपचारका लागि भन्दै एक हप्ता पहिला बिदाका लागि निवेदन दिएको तर स्वीकृत नभएको शाखा प्रबन्धक गौतमले जानकारी दिनुभयो । यस प्रकरणको छानबिन गरेर आवश्यक कारबाहीको प्रक्रियामा जाने बैङ्कको भनाइ छ । 

     

    प्रतिक्रिया दिनुहोस