Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

खाद्य कम्पनीसँग छैन खाद्यान्नको मौज्दात


नया सडक

२०८०, माघ २९ सोमबार

  • 699
    Shares

  • खाद्य कम्पनीसँग छैन खाद्यान्नको मौज्दात

    काठमाडौँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग खाद्यान्नको मौज्दात सकिनै लाग्दा जोखिमपूर्ण अवस्थामा पुगेको देखिएको छ । भइपरी आउने प्राकृतिक प्रकोप, बाढी पहिरो, भूकम्प जस्ता विपत्तिमा खाद्यान्नको आपूर्ति व्यवस्था सहज बनाउन पर्याप्त मात्रामा खाद्यान्न मौज्दात राख्नुपर्ने व्यवस्था भए पनि कम्पनीसँग न्यून मात्र खाद्यान्न मौज्दात रहेको छ । समयमा खाद्यान्नको मौज्दात पर्याप्त राख्न नसक्दा आपत्कालीन अवस्था आइपरे खाद्यान्नको अभाव हुने देखिएको छ ।

    कम्पनीको मुलुकभर रहेका अधिकांश गोदाम खाली छन् । सार्क खाद्य बैङ्कमा आठ हजार मेट्रिक टन र बफर स्टकमा २५ हजार मेट्रिक टन अनिवार्य रूपमा खाद्यान्न मौज्दात राख्नुपर्ने व्यवस्था भए पनि हाल कम्पनीसँग अहिले कुल आठ हजार ९६३ मेट्रिक टन खाद्यान्न मौज्दात छ । कम्पनीसँग खाद्यान्नको मौज्दात न्यून हुँदा भइपरी आउने समस्याका लागि खाद्यान्न ढुवानी गर्न सकिने अवस्था छैन । कम्पनीका खरिद विभाग प्रमुख भेषनाथ न्यौपानेका अनुसार यो वर्ष धान खरिद गर्न नसक्दा खाद्यान्नको मौज्दात कम भएको हो ।यो समाचार  आजको गोरखापत्र दैनिकमा छ ।

     

    प्रतिक्रिया दिनुहोस