Logo

May 15 2024 | २०८१, जेठ २गते

images

भ्रष्टाचार मुद्दामा मुछिएका निलम्बित सचिव मरासिनीलाई साधारण तारिखमा छाडियो


नया सडक

२०८०, माघ २९ सोमबार

  • 591
    Shares

  • भ्रष्टाचार मुद्दामा मुछिएका निलम्बित सचिव मरासिनीलाई साधारण तारिखमा छाडियो

    काठमाडौँ । भ्रष्टाचार प्रकरणमा आरोपित निलम्बित सचिव मधुकुमार मरासिनी साधारण तारिखमा रिहा भएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका लागि उपकरण खरिद गर्दा भएको भ्रष्टाचार प्रकरणमा मुछिएका निलम्बित सचिव मरासिनीलाई विशेष अदालतले आइतबार  साधारण तारिखमा छाडेको हो ।

    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेटवेको उपकरण खरिद प्रकरणमा मरासिनीसहित ९ जनाविरुद्ध २०८० असोज १५ विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएको बखत  मरासिनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव थिए ।
    नेपाल टेलिकमका प्रबन्ध निर्देशक रहेका सुनील पौडेल केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारीमा छँदा उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको थियो । सोही खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा पौडेल र मरासिनीसहित ९ जनालाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गरेको हो । अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख सहसचिव हुँदा प्रक्रिया मिचेर नेसनल पेमेन्ट गेटवेको उपकरण खरिदका लागि बजेट छुट्याएको अभियोगे मरासिनीमाथि लगाइएको छ ।

    विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले आइतबारको थुनछेक बहसपछि मरासिनीलाई साधारण तारिखमा छाडिएको  जानकारी सार्वजनिक गरे थिए । मरासिनी मुद्दा दायर भएको साढे चार महिनापछि आइतबार अदालतमा उपस्थित भएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस