Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

अरुण भ्याली हाइड्रोपावरले फागुन १७ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने


नया सडक

२०८०, माघ २९ सोमबार

  • 618
    Shares

  • अरुण भ्याली हाइड्रोपावरले फागुन १७ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले फागुन १७ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । उक्त हकप्रद सेयरको लागि यसले माघ १५ गते बुक क्लोज गरिसकेको छ ।

    माघ १४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यो हकप्रद सेयरमा लगानीकर्ताले चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस