Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

नेपाल राष्ट्र बैंकद्वारा निर्देशन विपरीत जानेलाई कारबाही स्वरूप दुई लघुवित्तलाई जरिवाना अन्यलाई नसिहत


नया सडक

२०८१, मंसिर १० सोमबार

  • 153
    Shares

  • नेपाल राष्ट्र बैंकद्वारा निर्देशन विपरीत जानेलाई कारबाही स्वरूप दुई लघुवित्तलाई जरिवाना अन्यलाई नसिहत

    काठमाडौँ  । नेपाल राष्ट्र बैंकले गत वर्ष विभिन्न २ वटा लघुवित्त वित्तीय संस्थालाई कारबाही स्वरूपमा जरिवाना तिराएको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा न्यूनतम अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने व्यवस्थाको पालना नगरेका २ वटा लघुवित्त संस्थालाई कारबाही स्वरूप हर्जाना लगाइएको राष्ट्र बैंकले जनाएको छ । तर केन्द्रीय बैंक  नेपाल राष्ट्र बैंकले ती लघुवित्तहरूको नाम खुलाएको छैन् ।

    गत वर्ष राष्ट्र बैंकले ४० वटा लघुवित्तको स्थलगत निरीक्षण गरेको थियो । त्यस क्रममा  ३ वटा लघुवित्तको विशेष स्थलगत निरीक्षण गरेको थियो । राष्ट्र बैंकबाट पुनरकर्जा, व्यवसायिक कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिता अध्ययन गर्न नियुक्त भएको परामर्शदाताले पेश गरेको प्रतिवेदनका आधारमा २ वटा लघुवित्तलाई कारबाही तथा निर्देशन दिइएको छ ।

    यसैगरी  निर्देशन विपरीत कार्य गरेबापत ७ वटा लघुवित्तलाई कारबाही तथा निर्देशन दिइएको छ । २७ वटा संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिइएको छ । गत असारसम्म लघुवित्त संस्थाहरूको कुल सम्पत्ति÷दायित्व ५ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । यसैगरी, यी संस्थाहरूको कुल निक्षेप र सापटी क्रमशः १ खर्ब ७६ अर्ब ६६ करोड रुपैयाँ र २ खर्ब ३० अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । यसैगरी कुल कर्जा र लगानी क्रमशः ४ खर्ब ५५ अर्ब ८५ करोड रुपैयाँ र १० अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस