Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

स्वस्तिक लघुवित्त र कालिन्चोक हाइड्रोपावरले आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति


नया सडक

२०८०, माघ २९ सोमबार

  • 660
    Shares

  • स्वस्तिक लघुवित्त र कालिन्चोक हाइड्रोपावरले आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

    काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था र कालिन्चोक हाइड्रोपावरले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । जसमा स्वस्तिक लघुवित्तले ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो ।

    यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्मेन्ट बैंकिङले गर्नेछ । 
    कालिन्चोक हाइड्रोपावरले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस