Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

रिभर फल्सले विद्युत बिक्रीबाट गर्यो ११ करोड २५ लाख आम्दानी


नया सडक

२०८०, फागुन १ मंगलबार

  • 717
    Shares

  • रिभर फल्सले विद्युत बिक्रीबाट गर्यो ११ करोड २५ लाख आम्दानी

    काठमाडौं । रिभर फल्स पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा ३ करोड ३६ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको पुसमा यो कम्पनी ६६ लाख ३१ हजार रुपैयाँ घाटामा थियो । विद्युत बिक्री सुरु गरेपनि कम्पनीको नाफामा असर परेको छ । ६ महिनामा कम्पनीले ११ करोड २५ लाख रुपैयाँको विद्युत बिक्रीबाट आम्दानी गरेको  । गत वर्ष यसले विद्युत उत्पादन गरेको थिएन । यसको वित्तीय खर्च ८ करोड ८५ लाख रहेको छ । उक्त खर्च बढ्दा कम्पनीले घाटा व्यहोरेको हो । यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोष ९ करोड ५१ लाख रुपैयाँले ऋणात्मक छ । 

    प्रतिक्रिया दिनुहोस