काठमाडौं । कुमारी सबल योजनामा आवेदन दिने समय लम्बिएको छ । अब यसमा फागुन १३ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि यो फन्डमा पहिलो चरणमा फागसन २ गतेसम्म आवेदन दिन सकिने भनिएको थियो । तर, सो समयमा माग अनुसारको आवेदन नपरेपछि आवेदन दिने समय लम्बिएको हो । यता, कुमारी क्यापिटलले थप गरिएको समय अगावै मागभन्दा बढी आवेदन परेमा बन्द गरिने पनि जनाएको छ ।
कुमारी क्यापिटलले माघ २८ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको छ । क्यापिटलले कुमारी सबल योजनाको कुल १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४% विज पुँजीवापत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ । योजना व्यवस्थापक कुमारी क्यापिटललाई १% अर्थात् १० लाख इकाई सुरक्षित गरिएको छ ।