Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

कपिलवस्तु बस दुर्घटना १० जनाको मृत्यु, ३० घाइते

कपिलवस्तु बस दुर्घटना १० जनाको मृत्यु, ३० घाइते

  • चन्द्रौटा ।कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको  मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली  यातायातद्वारा  सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान  सडकबाट दुई सय मिटर तल खसेको थियो ।  
     
    दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ  । मृतकको विवरण ९पहिचान०  आइसकेको छैन । कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार  दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।  

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij