Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

हिम रिभर पावर र पियोर इनर्जीले आइपीओ जारी गर्ने, बोर्डसँग मागे अनुमति


नया सडक

२०८०, फागुन ३ बिहीबार

  • 636
    Shares

  • हिम रिभर पावर र पियोर इनर्जीले आइपीओ जारी गर्ने, बोर्डसँग मागे अनुमति

    काठमाडौं ।  हिम रिभर पावर र पियोर इनर्जी लिमिटेडले आइपीओ बिक्रीको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । हिम रिभरले १३ लाख ३० हजार कित्ता आइपीओ बिक्री गर्न  बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा १३ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न अनुमति मागेको हो । यसमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।त्यसैगरी, पियोर इनर्जी लिमिटेडले १०० रुपैयाँ अंकित दरमा १६ लाख कित्ता सेयर बिक्री गर्न अनुमति मागेको छ । यसले आइपीओ बिक्रीको स्वीकृति पाएपछि १६ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस