Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन


नया सडक

२०८०, फागुन ६ आइतबार

  • 1.0k
    Shares

  • आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं । हिमालयन रिइन्सुरेन्स र एसियन लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज आइतबार फागुन ६ गते अन्तिम दिन हो । हिमालयन रिइन्सुरेन्सले साधारण सभा प्रयोजनको लागि सोमबार फागुन ७ गते बुक क्लोज गर्दैछ । एसियन लाइफले सभा प्रयोजनका लागि फागुन ८ गते बुक क्लोज गर्दै छ । भोली फागुन ७ गते प्रजातन्त्र दिवस पर्ने भएकोले सो दिन सेयर बजार बन्द हुनेछ । 
    हिमालयन रिइन्सुरेन्सले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न फागुन २० गते वार्षिक साधारण सभा बोलाएको छ ।
    एसियन लाइफले गत वर्षको नाफाबाट ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न फागुन १८ गते वार्षिक साधारण सभा बोलाएको छ ।

    प्रतिक्रिया दिनुहोस