Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आज युनाइटेड अजोड इन्सुरेन्स लिमिटेडको साधारण सभा ,  लाभांश प्रस्ताव पारित गर्न 


नया सडक

२०८०, फागुन ६ आइतबार

  • 918
    Shares

  • आज युनाइटेड अजोड इन्सुरेन्स लिमिटेडको साधारण सभा ,  लाभांश प्रस्ताव पारित गर्न 

    काठमाडौं ।  युनाइटेड अजोड इन्सुरेन्स लिमिटेडको लाभांश प्रस्ताव पारित गर्न आज आइतबार फागुन ६ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, अनमोल ब्यांकेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले सेयरधनीलाई १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद गरी जम्मा १०.८०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जनाको निर्वाचन गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस