काठमाडौं । शिखर इन्सुरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ । यस कम्पनीको शुक्रबाट (फागुन ४ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।