Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

पाँचखालका ३१ हजार नागरिकलाई चार महिनाभित्र खानेपानी


नया सडक

२०८०, फागुन ६ आइतबार

  • 957
    Shares

  • पाँचखालका ३१ हजार नागरिकलाई चार महिनाभित्र खानेपानी

    काभ्रेपलाञ्चोक ।  काभ्रेपलाञ्चोकको पाँचखाल नगरमा सञ्चालित बृहत पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाका अनुसार हालसम्म ९३ दशमलवतीन  प्रतिशत काम सम्पन्न भएको छ ।

    आयोजनाका व्यवस्थापक इन्द्रमानसिं बस्नेतका अनुसार अबको चार महिनामा छ हजार परिवारका करिब ३१ हजार नागरिकलाई घरघरमा स्वच्छ पिउने पानी उपलब्ध गराइने छ । आयोजनाअन्तर्गत सुनकोशी नदी किनारमा छ वटा इनार, चाररचार लाख लिटर क्षमताको दुई पानी सङ्कलन ट्याङ्की, तीन लाख लिटरको ब्याकवास ओभरहेड ट्याङ्की, दश नयाँ वितरण ट्याङ्की, छ ब्रेक प्रेशर ट्याङ्की तथा १५ वटा पाले घर निर्माण भइसकेको छ । 

    पाँच वटा जेनेरेटर राख्ने घर, ट्याङ्की वरपर पर्खाल तथा तारबार लगाउने, छ किलोमिटर पानीको मुख्य प्रशारण लाइन, ३७ किलोमिटर शाखा प्रशारण लाइनमध्ये ३५ किलोमिटर, दुई सय ३० किलोमिटर वितरण पाइप लाइनमध्ये हालसम्म दुई सय १३ किलोमिटर पाइप लाइनको काम पनि सम्पन्न भएको जनाइएको छ । 

    त्यस्तै कूल छ हजार ३७ धारामध्ये हालसम्म तीन हजार दुई सय धारा जडान, उपभोक्ता समिति भवन, पानी प्रशोधन केन्द्रका सम्पूर्णकार्य सम्पन्न भइसकेको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताउनुभयो । उहाँका अनुसार हाल पानी छान्नका लागि बालुवा तथा गिट्टी हाल्ने काम भइरहेको छ । आयोजनाको २४ पानी तान्ने पम्प जडान, सातमध्ये पाँच बिजुलीको ट्रान्सफर्मर जडान, खोलादेखि पानी सङ्कलन केन्द्रसम्मको हाइटेन्सन लाइन विस्तारको काम सम्पन्न भइसकेको छ । 

    सहरी खानेपानी तथा सरसफाइ ९क्षेत्रगत० आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच विसं २०७७ असार १५ गते साढे २ वर्ष अर्थात् २०७९ माघ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको आयोजनाको काम कोरोना सङ्क्रमण, मेलम्चीमा आएको बाढीका कारण आयोजनाको पूर्वाधारमा क्षति पुयाएका कारण लम्बिएको हो । यी कारणले पहिलो पटक दशमहिना र दोस्रो पटक चार महिना गरी आयोजना सम्पन्न गर्न १४ महिनाको समय थप गरिएको थियो । 

    अयोजनाका लागि सामग्री आयात गर्ने कठिनाइका कारण आयोजनाले हालैमात्र थप चार महिना अर्थात् असार मसान्तसम्मका लागि तेस्रो पटक म्याद थप गर्न निवेदन दिएको व्यवस्थापक बस्नेतले बताउनुभयो । पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० बिमिरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ
     प्रविधिका भौतिक पूर्वाधार निर्माण गरिएको हो । रु एक अर्ब ४७ करोड ४३ लाख ६० हजारको लागतमा निर्माण सम्पन्न हुने आयोजनाबाट पाँचखाल नगरपालिका–२, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ का छ हजार ३७ घरधुरीका नागरिक लाभान्वित हनेछन् । जसमध्ये दैनिक प्रतिव्यक्ति एक सय ९२ दशमलव ०५ लिटर पानी दैनिक उपभोग गर्न पाउने प्रक्षेपण गरिएको योजनामा उल्लेख छ । 

    सो आयोजनाबाट सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुनेसमेत प्रक्षेपण गरिएको छ । आयोजनाले प्रतिसेकेन्ड ८४ लिटरका दरले दैनिक २० घन्टा पानी लिफ्ट गरेर तान्ने र वितरण गर्ने योजना बनाएको छ । आयोजनाका लागि सम्झौताअनुसार दातृ निकाय, नेपाल सरकारको बजेटसँगै कूल योजनाको पाँच प्रतिशत अर्थात् रु एघार करोड पाँच लाख पाँच हजार तीन सय परिवारले प्रतिपरिवार रु १८ हजारका दरले रकम बुझाएका छन् । 

    यस्तै आयोजनाका लागि सम्झौता अनुसार दुई सय १४ उपभोक्ताले सहकारीबाट संस्थाबाट ऋण लिई खानेपानीका लागि रकम बुझाएको उपभोक्ता समितिले जनाएको छ । रासस

    प्रतिक्रिया दिनुहोस