Logo

Jul 04 2025 | २०८२, असार २०गते

Jul 04 2025 | २०८२, असार २०गते

images

अब भारतमा नेपाली नागरिकताले मात्र पनि सिम कार्ड निकाल्न पाइने

अब भारतमा नेपाली नागरिकताले मात्र पनि सिम कार्ड निकाल्न पाइने

  • काठमाडौँ । नेपालीले भारतमा सजिलै त्यहाँको सिम कार्ड पाउने भएका छन् । भारत सरकारले नेपाली र भुटानी नागरिकहरूका लागि कानुनमा संशोधन गरी प्रक्रिया सहज पारेपछि यी दुई देशका नागरिकलाई भारतमा सिम कार्ड पाउन सहज भएको हो ।यो सहज प्रक्रिया अघि नेपाली तथा भुटानी नागरिकलाई पासपोर्टमा भिसाको स्ट्याम्प लागेको आधारमा मात्र भारतीय सिम कार्ड दिइने गरिएको थियो ।

    तर अब आफ्नो देशको नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र तथा सम्बन्धित देशमा रहेको दूतावासले उपलब्ध गराएको फोटो सहितको परिचयपत्रमध्ये कुनै एउटा कागजात उपलब्ध गराएमा भारतले सिम कार्ड उपलब्ध गराउने भएको हो । सो सीम कार्ड तीन महिनाका लागि मात्र सक्रिय हुने र त्यसपछि नवीकरण गर्नुपर्नेछ ।

    नेपालबाहेक अन्य देशबाट भारत पुगेको खण्डमा नेपाली नागरिकले पनि  पासपोर्ट र मान्य भिसा स्ट्याम्प अनिवार्य देखाउनुपर्नेछ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका बेला यो विषयबारे प्रस्ताव राखेका थिए । त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा पनि भारत भ्रमणमा गएको बेला यो कुरा उठाएकी थिइन् । हालै प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय समितिका सभापति राजकिशोर यादव नेतृत्वको टोली भारत भ्रमणमा गएको बेला यो विषयमा कुराकानी भएको थियो ।भारतमा रहेको नेपाली राजदूतावासले पनि यसका लागि नियमित प्रयास गरिरहेको थियो ।indian goven.webp

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij