Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

कृषि विकास बैंकको  साधारण सभा फागुन ३० गते


नया सडक

२०८०, फागुन ८ मंगलबार

  • 633
    Shares

  • कृषि विकास बैंकको  साधारण सभा फागुन ३० गते

    काठमाडौं । कृषि विकास बैंक लिमिटेडले फागुन ३० गते सत्रौं वार्षिक साधारण सभा बोलाएको छ । फागुन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कृषि विकास बैंक लिमिटेड, केन्द्रिय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९र८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 

    प्रबन्धपत्र तथा नियमावलीमा प्रचलित कानून बमोजिम संशोधन गर्नुपर्ने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । यस वर्ष लाभांश प्रस्ताव भने बैंकले गरेको छैन् । गत वर्ष २ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ११ प्रतिशत नगद लाभांश वितरण गरेको बैंकले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो । 

    प्रतिक्रिया दिनुहोस