Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

मानव बेचबिखनमा आधारित डकुमेन्ट्री फिल्म ‘फ्रम द स्याडोज’ काठमाडौंमा प्रदर्शन


नया सडक

२०८०, फागुन ८ मंगलबार

  • 603
    Shares

  • मानव बेचबिखनमा आधारित डकुमेन्ट्री फिल्म ‘फ्रम द स्याडोज’ काठमाडौंमा प्रदर्शन

    काठमाडौं । मानव बेचबिखनमा आधारित डकुमेन्ट्री फिल्म ‘फ्रम द स्याडोज’ काठमाडौंमा प्रदर्शन भएको छ । इम्पल्स एनजीओ नेटवर्कले काठमाडौंमा मानव बेचबिखन बारे डकुमेन्ट्री फ्रम द स्याडोज’ वृत्तचित्र प्रदर्शन गरेको हो । 
    मानव बेचबिखन तथा शोषण विरुद्ध जनचेतना जगाउने र कारबाही गर्न उत्प्रेरित गर्ने उद्देश्यले यसको प्रदर्शन गरिएको थियो । 
    इम्पल्स एनजीओ नेटवर्कको कन्ट्री पार्टनर मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल, नेपाल इन्टरनेट फाउन्डेसन, सनवे कलेज, सेन्ट जेभियर कलेजको सहकार्यमा वृत्तचित्र प्रदर्शन गरिएको थियो । सो कार्यक्रममा सनवे कलेज र सेन्ट जेभियर्सका विद्यार्थी तथा शिक्षकहरू समेत सहभागी भएका थिए । 
    कार्यक्रममा प्यानल सेसन समेत भएको थियो । सेसनमा वक्ताका रूपमा मरियम चण्डी मेनाचेरी, लिपाशा श्रेष्ठ, मीना शर्मा र ट्याटुम स्ट्रिट रहेका थिए । 
    कार्यक्रममा मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालकी मिना शर्माले नेपालमा मानव अधिकार बारे थप चेतना र कामको थालनी गर्नुपर्ने बताइन । 
    यस्तै नेपाल नेपाल इन्टरनेट फाउण्डेशनका अध्यक्ष विक्रम श्रेष्ठले मानव बेचबिखन विरुद्धको अभियानमा योगदान पुर्याउने सबै सहयोगी तथा सहभागीहरुलाई धन्यवाद दिदै यसको सचेतना फैलाउन र सकारात्मक परिवर्तनका लागि काम गर्नुपर्ने बताए । 

    प्रतिक्रिया दिनुहोस