Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

करिब नौ करोड बराबरको मालवस्तु बङ्लादेश निर्यात

करिब नौ करोड बराबरको मालवस्तु बङ्लादेश निर्यात

  • भद्रपुर।चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका काँकरभिट्टाबाट रु आठ करोड ९९ लाख २० हजार आठ सय एक बराबरको मालवस्तु बङ्गलादेश निर्यात भएको छ । 

    नेपाल पारवहन तथा गोदाम व्यावस्था लिमिटेड शाखा कार्यालय काँकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार सोही अवधिमा ६६ करोड ८४ लाख ३३ हजार एक सय ४२ बराबरको सामान बङ्गलादेशबाट आयात भएको छ ।

    कार्यालयको तथ्याङ्कअनुसार नेपालबाट मुख्य रुपमा खुदो बङ्गलादेश निर्यात भइरहेको छ । दुई महिनामा रु सात करोड ६७ लाख ८१ हजार ५२२ मूल्य बराबरको खुदो निर्यात भएको छ । 

    गोदाम व्यावस्था कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुुसार सो अवधिमा जुट, पेपर, औषधि, ब्याट्री, फेब्रिक एण्ड रेडिमेड ग्रामेन्ट, प्लास्टिक फर्निचरलगायत मालबस्तु बङ्गलादेशबाट आयात भएका छन् । सो अवधिमा सबैभन्दा बढी रु ४१ करोड ५७ लाख ८७ हजार छ सय ५२ मूल्य बराबरको जुट आयात भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij