Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

बैंकहरु विरुद्धको दुष्प्रचारप्रति राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण , सक्षम र सबल रहेकाले ढुक्कसँग कारोबार गर्न आग्रह


नया सडक

२०८०, फागुन ८ मंगलबार

  • 696
    Shares

  • बैंकहरु विरुद्धको दुष्प्रचारप्रति राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण , सक्षम र सबल रहेकाले ढुक्कसँग कारोबार गर्न आग्रह

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले केही व्यक्ति तथा समूहले बैंक तथा वित्तीय संस्थाका विषयमा दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । केन्द्रीय बैंकले विज्ञप्ति जारी गर्दै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा केही व्यक्ति तथा समूहले गरेको दुष्प्रचारप्रति ध्यानार्षण भएको बताएको हो ।बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको राष्ट्र बैंकले प्रष्ट पारेको छ । बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको निक्षेप पूर्णरुपमा सुरक्षित रहेको पनि राष्ट्र बैंकले जानकारी गराएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको पुँजी कोष, कर्जा निक्षेप अनुपात तथा तरलताको अवस्थासम्बन्धी परिसूचकहरु निर्देशनअनुरुप नै रहेको पनि केन्द्रीय बैंकले स्पष्ट पारेको छ । यी परिसूचकहरु तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आएको पनि राष्ट्र बैंकले जानकारी गराएको छ । सरोकारवालालाई ढुक्कसँग नियमितरुपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ । पछिल्लो समय एनआइसी एसिया बैंकप्रति चलाइएको हल्लालाई संकेत गरेर राष्ट्र बैंकले विज्ञप्ति जारी गरेको हो ।

    428685784_2867358240071698_5871829309637332355_n.jpg

    प्रतिक्रिया दिनुहोस