Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् फागुन ८ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८०, फागुन ८ मंगलबार

  • 1.0k
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् फागुन ८ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन ८ मंगलबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    कान्तिपुर सहकारी समस्याग्रस्त घोषणा , अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी पक्राउ

    काठमाडौं । प्रहरीले कान्तिपुर सहकारीका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरीलाई पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्वरले ठकुरीलाई सहकारी ठगी गरेको आरोपमा ठकुरीलाई पक्राउ गरेको हो । 

    जिल्ला अदालत काठमाडौंले उनीसहित ६ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। पीडितहरूले सहकारीमा ठगीको आरोपमा उजुरी गरेपछि उनलाई पक्राउ गरिएको हो ।

    भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत साता कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको थियो । फागुन ३ गतेको मन्त्र स्तरीय निर्णयबाट कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

    बैंकहरु विरुद्धको दुष्प्रचारप्रति राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण , सक्षम र सबल रहेकाले ढुक्कसँग कारोबार गर्न आग्रह

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले केही व्यक्ति तथा समूहले बैंक तथा वित्तीय संस्थाका विषयमा दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । केन्द्रीय बैंकले विज्ञप्ति जारी गर्दै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा केही व्यक्ति तथा समूहले गरेको दुष्प्रचारप्रति ध्यानार्षण भएको बताएको हो ।बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको राष्ट्र बैंकले प्रष्ट पारेको छ । बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको निक्षेप पूर्णरुपमा सुरक्षित रहेको पनि राष्ट्र बैंकले जानकारी गराएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको पुँजी कोष, कर्जा निक्षेप अनुपात तथा तरलताको अवस्थासम्बन्धी परिसूचकहरु निर्देशनअनुरुप नै रहेको पनि केन्द्रीय बैंकले स्पष्ट पारेको छ ।

    शेयर बजार : १.७६ अंकले घटेर नेप्से २०३३.०६ विन्दुमा , ३ अर्ब ११ करोडको कारोबार

    काठमाडौं । आज नेप्से  १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा आएको छ । आज ३ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ५ वटा समूहका सूचक सकारात्मक रहेका छन् । यस दिन ३१४ कम्पनीको ९३ लाख ४२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३१ करोड ७३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । आज दोसो र तेस्रो स्थानमा क्रमशः साना किसान विकास बैंकको संस्थापक सेयर र जोशी हाइड्रोपावर परेका छन् ।

    अम्बे  स्टील्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने , साधारण सभा फागुन २३ गते

    काठमाडौं । अम्बे स्टिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।  

    आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले फागुन २३ गतेका लागि वार्षिक साधारण आयोजना गरेको छ । 

    उक्त सभामा प्रिमियम मूल्यमा आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने र सो कार्यको लागि सम्पूर्ण अधिकार सञ्चाल समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित हुनेछ । त्यस्तै सभाले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक तथा अन्डरराइटर नियुक्त गर्ने प्रस्ताव र आईपीबाट प्राप्त रकमको उपयोगको प्रस्ताव समेत पारित गर्नेछ । 

    नेपाल पुनर्बिमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्सुरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर आज फागुन ८ गते मंगलबारदेखि बिक्री खुला गरेको छ । यसमा पुनर्बिमा कम्पनीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिनेछ । यसमा न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । चैत १२ गतेसम्म आवेदन दिन मिल्नेछ । आवेदकले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

    दिगो विकाससम्बन्धी एघारौँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित

    काठमाडौँ। दिगो विकाससम्बन्धी एघारौँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित भएको छ । बैङ्ककस्थित संयुक्त राष्ट्रसङ्घअन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद्मा आजदेखि आयोजना भएको मञ्चको बैठकबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको हो ।

    कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने

    काठमाडौँ।  इपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ । सोमबार पहिलो चरणअन्तर्गत सुरु भएको उक्त परीक्षामा ४७ हजार पाँच सय १९ जना सहभागी हुने उक्त परीक्षा आउँदो चैत २४ गते सकिने इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले राससलाई जानकारी दिनुभयो ।

    उहाँका अनुसार दोस्रो चरणमा ७९ हजार नौ सय ३७ जनाको परीक्षा लिइने भएको र उक्त परीक्षा आउँदो २०८१ को वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सञ्चालन हुने छ । यसैगरी तेस्रो चरणको परीक्षामा ३६ हजार एक सय ७९ जना परीक्षार्थी सहभागी हुने तथा उक्त परीक्षा २०८१ कात्तिक २६ गतेदेखि सुरु भएर २०८१ पुस २ गतेसम्म सञ्चालन हुने भएको छ । सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६ सय ३५ जनाले आवेदन दिएको इपीएस कोरिया शाखाले जनाएको छ ।

    कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम रहेको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदीको भाउ प्रतितोला १४ सय १० रुपैयाँ कायम छ ।

    अब भारतमा नेपाली नागरिकताले मात्र पनि सिम कार्ड निकाल्न पाइने

    काठमाडौँ । नेपालीले भारतमा सजिलै त्यहाँको सिम कार्ड पाउने भएका छन् । भारत सरकारले नेपाली र भुटानी नागरिकहरूका लागि कानुनमा संशोधन गरी प्रक्रिया सहज पारेपछि यी दुई देशका नागरिकलाई भारतमा सिम कार्ड पाउन सहज भएको हो ।यो सहज प्रक्रिया अघि नेपाली तथा भुटानी नागरिकलाई पासपोर्टमा भिसाको स्ट्याम्प लागेको आधारमा मात्र भारतीय सिम कार्ड दिइने गरिएको थियो ।

    पर्यटकीय क्षेत्र खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध , क्षेत्रमा सञ्चार सेवा ठप्प

    सल्लेरी (सोलुखुम्बु) । पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ । गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो । यसबाट सगरमाथा क्षेत्र भ्रमणका लागि नाम्चे र खुम्जुङ क्षेत्र पुग्ने स्वदेशी तथा विदेशी पर्यटक समस्यामा परेका छन् ।

    प्रधानमन्त्रीसँग बेलायतका विकासमन्त्रीको भेट

    काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका बेलायतका विकासमन्त्री एन्ड्रयू मिचेलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

     प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय हित, आपसी चासो तथा विकासका विविध आयामबारे छलफल भएको थियो ।
     
    त्यस अवसरमा प्रधानमन्त्री दाहालले आगामी वैशाखमा नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा लगानीकर्तालाई नेपालमा पठाउन सहयोग गर्न आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले द्विपक्षीय संयन्त्रको वार्ताबाट बेलायती गोर्खा सैनिकको माग सम्बोधन हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा यसले सकारात्मक नतिजा दिने बताउनुभयो ।

    बेलायतद्वारा दुई परियोजना कार्यान्वयन गर्न ११ अर्ब ७० करोड अनुदान

    काठमाडौँ ।  संयुक्त अधिराज्यले व्यवसायमा नेपाल (नेपाल इन् बिजनेस–एनआइबी) र हरित विकास कार्यक्रम )ग्रीन ग्रोथ प्रोग्राम–जिजिपी)परियोजना कार्यान्वयन गर्न सात करोड स्टर्लिङ पाउण्ड (करिब रु ११ अर्ब ७० करोड)अनुदान उपलब्ध गारउने भएको छ । आगामी सात वर्षसम्म दुवै परियोजना सञ्चालन हुनेछन् । अनुदान सोही अवधिका निम्ति प्रदान गरिएको हो ।

    बैंकहरु विरुद्धको दुष्प्रचारप्रति राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण , सक्षम र सबल रहेकाले ढुक्कसँग कारोबार गर्न आग्रह

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले केही व्यक्ति तथा समूहले बैंक तथा वित्तीय संस्थाका विषयमा दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । केन्द्रीय बैंकले विज्ञप्ति जारी गर्दै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा केही व्यक्ति तथा समूहले गरेको दुष्प्रचारप्रति ध्यानार्षण भएको बताएको हो ।बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको राष्ट्र बैंकले प्रष्ट पारेको छ । बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको निक्षेप पूर्णरुपमा सुरक्षित रहेको पनि राष्ट्र बैंकले जानकारी गराएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको पुँजी कोष, कर्जा निक्षेप अनुपात तथा तरलताको अवस्थासम्बन्धी परिसूचकहरु निर्देशनअनुरुप नै रहेको पनि केन्द्रीय बैंकले स्पष्ट पारेको छ । यी परिसूचकहरु तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आएको पनि राष्ट्र बैंकले जानकारी गराएको छ । सरोकारवालालाई ढुक्कसँग नियमितरुपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ । पछिल्लो समय एनआइसी एसिया बैंकप्रति चलाइएको हल्लालाई संकेत गरेर राष्ट्र बैंकले विज्ञप्ति जारी गरेको हो ।

    एमसीसी कार्यान्वयनको छ महिना : जग्गा प्राप्ति सुस्त, ठेक्का प्रक्रिया अनिश्चित

    काठमाडौँ ।  मिलेनियम च्यालेञ्ज कर्पोरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता ९एमसीसी कम्प्याक्ट० लागू भएको करिब छ महिना पुग्न लाग्यो । एमसीसी कम्प्याक्ट गत भदौ १३ गतेदेखि पूर्णरुपमा लागू हुने (इन्ट्री इन टू फोर्स–इआइएफ) चरणमा गइसकेको छ । परियोजना निर्माण सम्पन्न गरिसक्नुपर्ने पाँच वर्षको अवधि गणना सुरु भएको छ महिना बितिसक्दा पनि प्रारम्भिक चरणका कामसमेत टुङ्गिएका छैनन् ।

     

    मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) अन्तर्गत बनाउने भनिएका विद्युत् प्रसारणलाइन र सडक निर्माणका काम सुस्त छ । आयोजनाको जग्गा अधिग्रहण र प्राप्तिको काम टुङ्गिन सकेको छैन । रद्द भएको आयोजनाको पुनः ठेक्का खोल्ने र खरिद प्रक्रिया अब कसरी अघि बढ्न भन्ने अझै अनिश्चित छ ।

     
     
     
     
     
     
     
     

     

     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस